२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने



पशुपतिनाथ मन्दिर क्षेत्र
पशुपतिनाथ मन्दिर क्षेत्र
अ+ अ-

आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् ।

कोष सञ्चालक परिषद्को यही चैत १४ गतेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

पशुपतिनाथको नाममा रहेका जग्गा श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालय, श्री पशुपतिनाथ भण्डार तहबिल कार्यालय र श्री पशुपतिनाथ जयवागेश्वरी भण्डार तहविल कार्यालयको लगतमा रहेका छन् ।

तीनै कार्यालयको लगतमा रहेका तर दर्ता नभएका जग्गा अब कोष सञ्चालक परिषद्को निर्णयअनुसार मात्र दर्ता हुनेछन् ।

पशुपतिनाथको गुठीले समेत चिनिने यी जग्गा दर्ता गर्ने विषय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभाग, नापी विभाग र मालपोत कार्यालयमा समेत पत्राचार गरी जानकारी गराइएको थापाले बताउभयो ।