२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 5.66

Humidity: 64

Latest
सोचेअनुसारको काम गर्न सकेको छैनः मन्त्री गुरुङ संसदमा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास



अ+ अ-

वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गर्नुभयो । सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो ।

नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।

यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज यहाँ दिवाभोजको आयोजना गर्नुभयो । त्यसअघि उहाँहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नुहुनेछ भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ । (रासस, विशेष प्रतिनिधि कृष्ण अधिकारी)