१५ आश्विन २०८१, मंगलवार
,
Latest
बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर) विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश



अ+ अ-

काठमाडौं । बेलायतका लागि २२औँ नेपाली राजदूतका रूपमा नियुक्त ज्ञानचन्द्र आचार्यले बडामहारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

बकिङहम प्यालेसमा बिहीबार आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो । कोभिड जोखिमका कारण आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझ्नुभएकी महारानीले नवनियुक्त राजदूतको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गर्नुभएको थियो ।

सम्बोधनकै क्रममा महारानीले आफ्नो दुई पटकको नेपाल यात्रा स्मरणीय रहेको र नेपाल प्राकृतिकरूपमा सुन्दर रहेकोसमेत बताउनुभएको दूतावासले जनाएको छ ।

कार्यक्रममा राजदूत आचार्यले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाकातर्फबाट महारानी र बेलायती जनताको सुस्वास्थ्यको कामनासहितको शुभकामना सन्देश सुनाउनुभएको थियो ।

उक्त अवसरमा उहाँले बेलायत र नेपालको सम्बन्ध २०० वर्ष पुगेकामा आफूलाई खुसी लागेको र बेलायतले कोभिडको महामारीमा नेपाललाई गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि थप सहयोग प्राप्त हुने आशा गर्नुभएको दूतावासका प्रवक्ता रोशन खनालले बताउनुभयो ।