२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनबाटै सबै सिट जित्छौँ: प्रधानमन्त्री देउवा



file photo
अ+ अ-
काठमाडौँ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले गठबन्धन गरे आसन्न स्थानीय निर्वाचनमा सबै सिट जित्ने बताउनुभएको छ ।
केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा गठबन्धनबारे फरक–फरक धारणा आएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन कायम गर्न नसक्दा धेरै जना नेताहरू पराजित भएको स्मरण गराउनुभएको थियो। “गठबन्धन नहुँदा मैले नै बल्लतल्ल जितेको हुँ ।
गठबन्धन गरेर जाने हो भने अहिले हामी सबै सिट जित्छौँ,’ देउवाको भनाइ थियो “गठबन्धन नहुँदा पहिले धेरै साथीहरू हार्नुभएकै हो । जित्नका लागि गठबन्धन नगरे अर्को उपाय खोइ त ?”
सभापति देउवाले आफू धेरै लडेको मान्छे हो भन्दै प्रधानमन्त्री देउवाले आफ्नो आइडियोलोजीमा जान आग्रह गर्नुभयो । “म कांग्रेसको विधानबमोजिम अर्कोपटक सभापति हुन सक्दिन, मेरो विचार मान्ने हो भने गठबन्धन गरेर जाऔँ, म धेरै पटक लडेको मान्छे हुँ ।”