२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति गठन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो अध्यक्षतामा २० सदस्यीय कार्यसम्पादन समिति गठन गर्नुभएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनको अध्यक्षतामा २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो ।

समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन, सात जना उपाध्यक्ष क्रमशः बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ र मुकुन्द श्याम गिरी, पाँच जना महामन्त्री क्रमशः डा. धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह रहनुभएको छ ।

केन्द्रीय कार्य सम्पादन समितिमा केन्द्रीय सदस्यहरु दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्तीमगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार रहनुभएको छ ।

राप्रपाको विधानमा ३३ जनाको केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ । निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र संस्थापक अध्यक्ष पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द स्वत:कार्यसम्पादन समितिको सदस्य हुने व्यवस्था छ ।

आज भएको मनोनयनबाट कार्यसम्पादन समितिको सदस्य संख्या २३ पुगेको छ । अब बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने प्रवक्ता श्रेष्ठले बताएका छन् ।