• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

मतपत्रको रङ हरियो बनाउने र दुई दिन मनोनयनका लागि समय दिने निर्णय सच्याउन एमालेको माग



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको मतपत्रको रङ परिवर्तन गर्ने र उम्मदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णयप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको छ ।

नेकपा (एमाले)को आईतबार बसेको पार्टी स्थायी कमिटी बैठकले सत्तारुढ दल विशेषलाई अनुकूल हुनेगरी सो निर्णय गरेको निष्कर्ष निकाल्दै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको हो । त्यसैगरी बैठकले मतदातालाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा, बढुवालगायतका काम सरकारले गरिरहेकोमा पनि बैठकले आपत्ति जनाएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो ।

एमालेले महाकाली नदीको धार नै परिवर्तन गर्ने गरी भारतीय पक्षले संरचना निर्माणको काम अघि बढाउँदा पनि सरकार मौन रहेको भन्दै तत्काल भारतसँग वार्ता गरी सो संरचना निर्माणका काम रोक्न लगाई आफ्नो भूमि र सीमाको सुरक्षा गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । बैठकले आम उपभोक्ताको ढाड सेक्नेगरी मूल्यवृद्धि हुँदा पनि त्यसलाई नियन्त्रण गर्न सरकार पूर्णत असफल भएको आरोप समेत लगाएको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख सुब्बाले बैठकले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्र र प्रतिवद्धता पत्र निर्माणका लागि आवश्यक सुझाव दिन पनि सार्वजनिक अपिल गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘राजनीतिक दलहरुसँग कुनै परामर्श नगरी र विना कुनै औचित्य निर्वाचन आयोगले मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि २ दिनको समय दिने निर्णय गरेको छ । यो निर्णय सत्तारुढ दल विशेषलाई अनुकूल हुने गरी गरिएको छ भन्ने स्पष्ट छ । तसर्थ, निर्वाचन आयोगको यो निर्णय अनुचित छ । यसलाई तत्काल सच्याउन हाम्रो पार्टी माग गर्दछ । निर्वाचनको मिति घोषणा भईसकेपछि पनि सरकारले कर्मचारी प्रशासनमा अन्धधुन्ध सरुवा, बढुवा गर्नेजस्ता मतदाता प्रभावित गर्ने विभिन्न कामहरु गरिरहेको छ ।

निर्वाचनलाई प्रभावित पार्ने यस्ता खालका कामहरुप्रति हाम्रो पार्टी गम्भिर आपत्ति व्यक्त गर्दछ । महाकाली नदीको धारनै परिवर्तन गर्नेगरी दार्चुलामा भारतीय पक्षबाट एकतर्फी ढंगले गरिरहेको भौतिक संरचना निर्माणप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नेपालको राष्ट्रिय हित र भूमिसँग जोडिएको यस्ता अति संवेदनशील विषयमा सरकारको मौनता खेदजनक छ । हामी, हाम्रो पार्टी यस विषयमा तत्काल भारतसँग वार्ता गर्न र एकतर्फी संरचना निर्माण गर्ने काम रोक्न र सीमा रक्षाका लागि गम्भिर बन्न सरकारको गम्भिर ध्यानाकर्षण गर्दछ । आम उपभोक्ताको ढाँड सेकिने गरी भईरहेको महंगीलाई नियन्त्रण गर्न सरकार पूर्णत असफल भएको छ । स्थानीय तहको चुनावी घोषणा पत्र र प्रतिवद्धता पत्रका लागि सुझाव दिन हाम्रो पार्टीले सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ ।’

एमालेले आगामी बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर सो निर्वाचनका लागि चुनावी घोषणा पत्र र प्रतिवद्धता पत्र एकसाथ सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।