१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बी’ डिभिजन लिगः कुमारी र सामाजिक युथ क्लबको बराबरी, चर्च ब्वाईजको जित



अ+ अ-

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा श्री कुमारी क्लब र सामाजिक युथ क्लबले बराबरी खेल्दै अंक बाँड्दा चर्च ब्वाईजले लगातार दोस्रो जित निकालेको छ । 

एन्फा कम्पलेक्स सातदोबाटोमा आईतबार भएको दिनको दोस्रो खेलमा श्री कुमारी र सामाजिक युथले ३–३ को बराबरी खेल्दै अंक बाँडेको हो । सुरुआती अग्रता लिएको कुमारीले कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । कुमारीका लागि राज भुषाल, दिपेन मगर र लक्ष्मण मान थारु एक–एक गोल गर्दा सामाजिक युथक लागि बसन्त बहादुर राना, सुरेश खत्री र कृष्ण भण्डारीले एक–एक गोल आफ्नो नाममा लेखाएका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा कुमारीले खेलको २९ औ मिनेटमा राज भुषालको गोलबाट अग्रता लिएको थियो । तर सामाजिक युथका बसन्त बहादुर रानाले ३७ औ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । ४४ औ मिनेट तथा ५१औं मिनेटमा सामाजिक युथका कृष्ण भण्डारीले गोल गर्दै ३–१ को अवस्थामा पु¥याए पनि बाँकी समयमा अग्रता कायम राख्न असफल रह्यो । तर ५९ औं र ७३औं मिनेटमा  क्रमश दिपेन मगर र लक्ष्मण मान थारुले गोल गर्दै श्री कुमारीलाई हारबाट जोगाए ।  यसँगै श्री कुमारीले लगातार दोस्रो बराबरी खेल्दै अंक बाँडेको छ भने सामाजिक युथले भने दुई खेलमा १ अंक जोडेको छ ।

बी डिभिजन फुटबल अन्तर्गत आइतबारै सम्पन्न दिनको पहिलो खेलमा चर्चब्वाईजले खुमलटार युथ क्लबलाई २–० ले  स्तब्ध बनायो । यस जित सँगै चर्चब्वाईजले जारी लिगमा लगातार दोस्रो जित निकालेको छ । अघिल्लो खेलमा ह्याट्रिक गरेका आशिषले खुमलटारविरुद्ध पनि उत्कृष्ट खेल प्रदर्शन गरे । स्पष्ट अंक दिलाउनका लागि आशिषले नै दुई गोल गरेका हुन । 

पहिलो हाफ गोलरहित रहेको खेलमा ५४ औं मिनेटमा गोल गर्दै आशिषले चर्च ब्वाईजलाई सुरुआती अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै अग्रता दोब्बर बनाएसँगै चर्चले जित निश्चित गर्न सफल भयो । जितसँगै चर्च ब्वाईजले तालिकामा ६ अंक जोडेको छ । उता खुमलटारले पनि पहिलो हार भोगेको छ । यस अघि आफ्नो पहिलो खेलमा खुमलटारले रानीपोखरी कर्नर टिम (आरसीटि)लाई ३–१ गोल अन्तरले हराउँदै लिगमा सुखद सुरुआत गरेको थियो ।

लिग अन्तर्गत दिनको तेस्रो खेलमा रानीपोखर कर्नर टिम (आरसिटी)ले मध्यपुर युथ एसोसियसनलाई २–० को गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको छ । पहिलो खेल गुमाएको आरसिटीलाई जित दिलाउन अमर डंगोलले पहिलो मिनेटमा नै गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएको आरसिटीले दोस्रो हाफमा थप गोल गर्दै जित निश्चित गरेको थियो । ७६औं मिनेटमा सागर थारुले गोल गर्दै टोलकिो जित निश्चित गरेका थिए । यससँगै आरसिटीले तालिकामा स्पष्त तीन अंक जोडेको भने आफ्नो पहिलो खेलमा समाजिक युवा क्लबमाथि ५–२ को फराकिलो जित निकालेको मध्यपुरको पनि दुई खेलबाट समान ३ अंक नै छ ।  

१४ क्लबबीच भएको प्रतिस्पर्धा सिंगल राउण्ड रोबिन लिगको आधारमा भइरेको छ । शीर्ष दुई टोेली ए डिभिजन लिगमा बढुवा हुनेछ । यस्तै पुछारका दुई टोली  रेलिगेसनमा पर्ने छन ।