१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीबाट करोडौँको क्षति भएको प्रारम्भिक अनुमान



अ+ अ-

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी हुँदा करोडबढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । 

 हार्डवेयर पसलबाट सल्किएको आगोले नजिकका घरहरूमा पनि क्षति पुगेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको बताउनुभयो । “क्षतिको आँकलन गर्न सक्ने अवस्था नै छैन, ठूलो क्षति छ”, उहाँले भन्नुभयो, “केही दिनमा क्षतिको यथार्थ विवरण आउला ।”

 जिल्ला प्रहरी कार्यालय तनहुँले क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिएको छ । प्रहरी नायब उपरीक्षक युवराज खड्काले क्षतिको विवरण प्राप्त नभइसकेको बताउँदै विवरण लिने काम भइरहेको जानकारी दिनुभयो । आगलागीको कारण पनि नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट हार्डवेयरको गोदाम पूर्ण रूपमा क्षति भएको छ । उक्त वरपरका अन्य नौ वटा घर आंशिक रूपमा क्षति भएको र तनहुँसुर मिनी मार्केटको दुई वटा सटरमा आंशिक क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । आगलागी नियन्त्रणका क्रममा स्काभेटरले तीन वटा टहराहरू भत्काएको प्रहरी नायब उपरिक्षक खड्काले जानकारी दिनुभयो । 

आगलागी नियन्त्रणका लागि प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीको नेतृत्वमा १०० जनाको टोली, जिल्ला प्रहरी कार्यालय लमजुङ र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब महानिरीक्षक घटनास्थलमा खटिएका थिए । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण (इ), सशस्त्र प्रहरी बल र स्थानीयवासीले पनि सहयोग पु¥याएका थिए । 

आगलागी नियन्त्रणका लागि व्यास नगरपालिका, पोखरा महानगरपालिका र लमजुङबाट आएको दमकल प्रयोग गरिएको थियो । बिहान १० बजेदेखि सुरु भएको आगलागी दिउँसो २ बजेपछि पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विक, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री गोविन्दराज जोशी, शङ्कर भण्डारी, नेकपा एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले उक्त घटना पनि दुःख व्यक्त उचित क्षतिपूर्तिका लागि सरकारसमक्ष पहल गर्ने बताउनुभएको छ ।