१० भाद्र २०८३, बुधबार
,
Latest
राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति स्याङ्जाका चार स्थानीय तहमा सार्वजनिक बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रारामा पर्यटकको चाप बढ्दो



अ+ अ-

जुम्ला, ७ कात्तिक (रासस) कर्णाली प्रदेशको ठूलो ताल रारामा यस याममा रारा जानेको सङ्ख्यामा वृद्धि भएको छ । दशैँ र तिहारको बीचमा बिदा हुने भएकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

पर्याप्त होटल, लज नहुँदा दैनिक सरदर १५ सय पर्यटक रारामा जाने गर्दा खान बस्नका लागि असुविधा हुने गरेको छ । देशका विभिन्न स्थानबाट दैनिक ३०० मोटरसाइकल, १५० जीप तथा १० बस जाने गरेको गोठीजिउला प्रहरीचौकीका प्रहरी हबल्दार दीर्घराज अधिकारीले बताउनुभयो ।

राराको हुटुमा डाँफे होटल तथा हेरिटेज होटल, माझघट्टमा रहेको होमस्टे, मृर्माटप होटल, रारा भ्यु होटलको क्षमताभन्दा बढी पर्यटक हुने भएकाले कोही त्रिपालमा, कोही गाडीमा र कोही आगो बालेर रात बिताएको बारा निजगढबाट आएका आन्तरिक पर्यटक निर्मल भण्डारीले गुनासो गर्नुभयो

रारा जाने पर्यटक नाग्मदेखि रारासम्मको यात्रामा वर्षामा हिलाम्मे तथा हिउँदमा धुलाम्मे हुने भएकाले केन्द्रीय सरकार, कर्णाली प्रदेश सरकार, तथा स्थानीय सरकारले राजमार्गको तत्कालस्तर सुधार तथा रारामा व्यवस्थित होटलको स्थापना गर्नुपर्ने अनिवार्य देखिन्छ ।