२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान सबैको भावना अनुरूप छ : देउवा



अ+ अ-

विराटनगर, ४ मङ्सिर: नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताउनुभएको छ ।

राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा आज विराटनगरमा आयोजित काङ्ग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने राजनीतिक मस्यौदा सुझाव सङ्कलन कार्यक्रममा उहाँले यही संविधानको माध्यमबाट संवैधानिक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउँदै लैजाने सकिने बताउनुभयो ।

जननायक बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको कर्मथलो विराटनगरमा काङ्ग्रेसभित्र गुटउपगुट नरहने उद्घोष गर्दै सभापति देउवाले पार्टीलाई जीवन्त र गतिशील बनाउन अनुशासनको आवश्यकता रहेको आंैल्याउनुभयो ।

उहाँले निर्मला पन्तको हत्याकाण्डमा संलग्न दोषीलाई पक्राउ गर्न नसक्नुले सरकारको साख गिरेको बताउनुभयो । सभापति देउवाले सरकारले स्वतन्त्र न्यायालय र सुरक्षा निकायमा हस्तक्षेप गर्न नहुने धारणा राख्नुभयो । उहाँले पार्टीभित्रको कमजोरीलाई सुधार्दै अघि बढ्न पार्टीका जिम्मेवार पदाधिकारीलाई आग्रह गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीलाई समयानुकूल अघि बढाउन विधान संशोधनको विकल्प नरहेको धारणा राख्नुभयो । केन्द्रीय सदस्यद्वय डा ज्ञानेन्द्र कार्की र डिला सङ्ग्रौलाले सरकारलाई सही मार्गमा ल्याउन काङ्ग्रेसको भूमिका बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय राजनीतिमा काङ्ग्रेसलाई कसरी डो¥याउने, आर्थिक र राजनीतिक रणनीति के हुने र पार्टीलाई समयसापेक्ष बनाउन विधानमा हुने संशोधनका विषयबारे सुझाव लिने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा प्रदेश नं १ का पार्टी सभापति, महासमिति तथा महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।




भर्खरै