२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार असफल सावित भइसक्यो– सहमहामन्त्री डा.महत



अ+ अ-

महोत्तरी, ४ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान कम्युनिस्ट सरकार हरेक क्षेत्रमा असफल साबित भइसकेको बताउनुभएको छ ।
डा. महतले महोत्तरी जिल्लाको भगाहा नगरपालिकामा नेपाली काँग्रेसको पार्टी कार्यालय भवनको उद्घाटन गर्दै भन्नुभयो– मुलुकको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार असफल सावित भयो र यो सरकारबाट नेपाली जनता सुखी र समृद्ध हुन नसक्ने धारणा पनि राख्नुभयो ।
उक्त पार्टी कार्यालयको उद्घाटनपछि आयोजित आमसभालाई सम्बोधन गर्दै सहमहामन्त्री डा.महतले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गरेको र देशमा शान्ति स्थापनाको काम पनि नेपाली कांग्रेसको नेतृत्वमा नै सम्भव भएको बताउनुभयो ।
वर्तमान संविधानको निर्माण तथा शान्ति स्थापनाको काममा नेतृत्व गरेको नेपाली कांग्रेसबाट नै देशमा आर्थिक र सामाजिक रुपान्तरण सम्भव हुनसक्ने बताउनु भयो ।
काँग्रेस नेता डा.महतले मधेस केन्द्रित दलहरूले पनि मधेसका जनतालाई सत्तामा जाने भ¥याङमात्र बनाएको र चरम अवसरवादी चरित्र देखाएको बताउनुभयो ।

 


उहाँले मधेश केन्द्रित यी दलहरूबाट तराइ मधेसका जनताको भलो नहुने र नेपाली कांग्रेसले नै तराई मधेसका जनताको अधिकार सुनिश्चित गर्न सक्ने धारणा राख्नुभयो ।
उहाँले जनतको समृद्धि र बिकासको चाहना नेपाली काँग्रेसले मात्र पूरा गर्नसक्ने बताउनु भयो । सहमहामन्त्री डा.महतले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई एक भएर जनताको सुख दुःखमा साथ दिन, उनीहरुका समस्या समधानका काममा सामेल हुन र अर्को निर्वाचनमा पार्टीलाई पूर्ण बहुमतका साथ बिजयी गराउने अभियानमा लाग्न पनि आग्रह गर्नुभयो ।




भर्खरै