१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा रेग्मी



अ+ अ-

सुर्खेत, ४ मंसिर । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा दैलेखका डा. पूण्य रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कृषि विज्ञ रेग्मीलाई उपाध्यक्षमा मनोनयन गरेको हो ।

भरतपुरको रामपुर क्याम्पसमा ३० वर्ष कृषि अर्थशास्त्र विषयको प्रध्यापन गरेका रेग्मीले योजना र विकासमा पिएचडी गर्नुभएकाे छ । उहाँले अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षका रुपमा समेत काम गरिसक्नु भएकाे छ । कर्णाली प्रदेश सरकारको विज्ञ समूहको सदस्यसमेत रहेका रेग्मी काउन्सिल फर इन्टरनेसनल रिलेसन एण्ड इकोनोमिक डेभलपमेन्टका अध्यक्ष हुनुहुन्छ ।

मन्त्रिपरिषद वैठकले योजना आयोगको सदस्यहरुमा हुम्लाका डा.दिपेन्द्र रोकाया र दैलेखका योगेन्द्र शाहीलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

सोमबार सम्पन्न मन्त्रिपरिषद वैठकले प्रदेश योजना आयोग गठन तथा संचालन आदेश २०७५ स्वीकृत गर्ने निर्णय गरी आयोग गठनको वाटो खोलेको थियो । प्रदेश योजना आयोग ६ सदस्यीय हुन्छ जसमा अध्यक्ष मुख्यमन्त्री र पदेन सदस्यमा प्रदेश सरकारका प्रमुख सचिव र सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहने व्यवस्था रहेको छ ।

योजना आयोगका उपाध्यक्षलाई प्रदेश राज्यमन्त्री सरहको र सदस्यहरुलाई प्रदेशसभा सदस्य सरहको सेवा सुविधा दिने निर्णय पनि मन्त्रिपरिषद वैठकले गरेको छ ।