२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाइका नेपालको प्रमुखमा युमिको आसाकुमा



अ+ अ-

काठमाडौँ, ७ मङ्सिरः जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले नेपालको प्रमुखमा युमिको आसाकुमालाई खटाएको छ ।

यसअघिका प्रमुख जुन साकुमाको कार्यकाल सकिएलगत्तै आसाकुमालाई नेपाल प्रमुखमा पठाइएको जाइकाद्वारा बिहीबार जारी विज्ञप्ति जनाइएको छ । यसअघि आसाकुमा जापानस्थित जाइकाकै योकोहामा केन्द्रमा महानिर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो ।

सन् १९९३ देखि जाइकामा प्रवेश गर्नुभएका आसाकुमाले त्यहाँको विभिन्न विभाग सम्हाल्नुका साथै भूटानस्थित जाइकाको कार्यलयमा सन् २०१२ डिसेम्बरदेखि सन् २०१६ मार्चसम्म प्रमुखको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।

नेपालमा जाइका प्रमुख हुन पाएकामा खुशी हुँदै आसाकुमाले नेपाल र नेपालीको उत्तरोत्तर प्रगति र विकासमा सहयोग गर्दै जाइकाको मूल नारा ‘विश्वलाई विश्वासका साथ नेतृत्व’लाई प्रगाढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको विज्ञप्ति उल्लेख छ ।