२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता



अ+ अ-

दमौली, ७ मङ्सिर (रासस) : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराउनुभएको हो ।

उहाँको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार विकले वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको र कानूनअनुसार अनुसन्धान गरिने बताउनुभयो । उहाँका अनुसार अदालतको आदेशपछि वडाध्यक्ष रेग्मीलाई पक्राउ गरिनेछ ।

ती महिलाले सोमबार शुक्लागण्डकी नगरपालिकाको न्यायिक समितिमा समेत जाहेरी दिनुभएको थियो । तर न्यायिक समितिले बलात्कारको मुद्दा समितिको कार्यक्षेत्रमा नपर्ने भन्दै प्रहरीमा पठाएको थियो । वडाध्यक्ष रेग्मीले भने आफूलाई फसाउन खोजिएको बताउनुभएको छ । उहाँले आफ्नो चरित्रमा दाग लगाएर राजनीतिक फाइदा लिन खोज्ने समूहले आफूलाई फसाउन खोजेको प्रतिक्रिया दिनुभयो ।