२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा दुईको मृत्यु



अ+ अ-

सर्लाही । सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक मजदुर काम गर्ने बेलामा माथिबाट लडेर मृत्यु भएको छ भने एक जनालाई ट्र्याक्टरले ठक्कर दिँदा ज्यान गएको हो ।

सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिका–५ पकडी टोल निवासी प्रमोद चौधरीको नयाँ बन्दै गरेको हिरो इँटाभट्टाको लागि धुवाँ निस्कने चिम्नी बनाउने क्रममा माथिबाट लड्दा भारत बिहार सितामढी जिल्ला सोनवर्षा थाना ग्राम पञ्चायत घुरघुरा बेला टोल निवासी ५० वर्षीय श्यामसुन्दर ठाकुरको मृत्यु भएको छ । मृतक ठाकुर २० फिट माथिबाट लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच ट्र्याक्टरले ठक्कर दिँदा एक बरहथवामा एक वृद्धको ज्यान गएको छ । ना ६ त ९८४५ नं को ट्र्याक्टरले बरहथवा नगरपालिका–९ बस्ने ८२ वर्षीय हर्कबहादुर सार्कीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । रासस