१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेष्टर युनाईटेडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा



अ+ अ-

लिभरपुलले ईङलीस प्रिमियर लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई १७ खेलसम्म पुर्‍याएको छ । बलियो प्रतिद्वन्द्वी म्यानचेष्टर युनाईटेडलाई ३–१ ले हराउँदै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो ।

१७ औँ चरणका खेलको समाप्तिमा लिभरपुलको ४५ अंक छ । दोस्रो स्थानको म्याचेष्टर सिटीको ४४ अंक छ भने ३९ अंकमा टटनहाम तेस्रो र ३७ अंकमा चेल्सी चौथो स्थानमा रहेको छ । ब्राईटन एण्ड होभ एल्वियनसँग पराजित भएपछि पाँचौ स्थानको आर्सनलले भने चेल्सीसंग अंक बराबरी गर्ने अवसर गुमाएको छ ।

लिभरपुलको गएरातीको जितले म्यानचेष्टर युनाईटेडसँगको दुरी १९ अंकमा पुर्‍याएको छ । म्यान युनाईटेड २६ अंकमा छैठौं स्थानमा छ । लिभरपुललाई महत्वपुर्ण जित दिलाउन जर्दान साकिरीले २ तथा सादियो मानेले १ गोल गरे । २४ औँ मिनेटमा नै मानेको गोलबाट लिभरपुलले अग्रता लिएपनि युनाईटेडकालाई ३३औँ मिनेटमा जेसे लेङगार्डले बराबरी गोल फर्काएका थिए ।

६४ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको लिभरपुलले दोस्रो हाफमा म्यान युनाईटेडमाथि एकतर्फी दवाव बनाएको थियो । लिभरपुलले ३६ प्रहार गर्दा म्यान युनाईटेडले मात्र ६ वटा प्रहारका लागि अवसर सृजना गरेको थियो । जसमध्ये २ वटा मात्र पोष्ट केन्द्रित थिए । युनाईटेडको यो पाँचौ हार हो ।

अन्य खेलमा साउथ हेम्प्टनले आर्सनललाई ३–२ ले हराउँदा चेल्सीले ब्राईटन एण्ड होभ एल्बियनमाथि २–१ को जित निकाल्यो ।पेड्रो र ईडेन हाजार्डले गोल गर्दै चेल्सीलाई जित दिलाएका थिए । ईपीएलमा आर्सनलको यो तेस्रो हार हो । गएरातीको हारले आर्सनलको २२ खेल लामो अपराजित यात्रा पनि टुंगिएको छ ।एएफपी