• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

नेपाल इन्जिनियरिङ कलेजलाई सामुदायिक कलेज बनाउन माग



काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेजलाई सामुदायिक कलेज बनाउन सरोकारवालाले सुझाव दिएका छन् ।

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबार भएको बैठकले गैरनाफामूलकको रुपमा स्थापित भएको कलेज निजी हुन नसक्ने भन्दै सामुदायिक बनाउने निष्र्कस निकालेको हो । कलेजका सञ्चालकहरूबीच आपसि विवाद चुलिएपछि उक्त बिषय संसदमा प्रबेश गरेको हो ।

उपसमितीको बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक संस्थाका रूपमा दर्ता भएको कलेज निजी नहुने बताए । ‘कलेज सञ्चालकको विवाद प्रशासनसम्म आयो,’ उनले भने, ‘छानबिनमा आर्थिक र नीतिगत अनियमितता गरेको भेटिएको छ ।’ सञ्चालक सदस्यहरू सार्वजनिक कलेज गैरनाफामूलक संस्था कि नाफामूलक निजी संस्थामा जानेमा विभाजित छन् । जसका कारण कलेजको पठनपाठन प्रभावित भएको छ ।

पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेज नाफामा भएपनि कलेजको खातामा रहेको रकमले निजी गाडी किन्ने, तलब भत्ता खाने र चरम रकम दुरुपयोग गरेको भेटिएको जनाए ।