२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दूराष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्र स्थापित हुने : थापा



अ+ अ-

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताउनुभएको छ ।

धनगढीमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले नेपालको भू– राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक पृष्ठभूमिमा राजसंस्थासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र र एकात्मक राज्य प्रणालीअन्तर्गत सृदृढ, बलियो स्थानीय स्वायत्त शासन नै उपयुक्त हुने र यसले मात्र देशलाई स्थायित्व दिनसक्ने बताउनुभयो ।

अध्यक्ष थापाले २०६२÷६३ को राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने क्रममा जे–जस्ता कार्य भए त्यसले वर्तमान समयमा विभिन्न विकृति र विसङ्गति बढाएकाले हामी सबैले यसको सुधार गर्नुपर्नेमा जोड दिनुभयोे ।सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उहाँले नेपालमा हिन्दूराष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्र स्थापित गर्न त्यति सहज नभएपनि असम्भव पनि नभएको जिकिर गर्नुभयो ।अध्यक्ष थापाले पार्टीको वर्तमान कार्यनीति सङ्गठन निर्माण, जनपरिचालनसम्बन्धी कार्यक्रम, पार्टी एकता र फागुन ७ गतेदेखि जनसङ्घर्ष कार्यनीति लिएर आफ्ने पार्टी अगाडि बढिरहेको बताउनुभयो । रासस