१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर साबको कमाल ! विकासको करोडौ बजेट बैठक भत्तामा



अ+ अ-

काठमाडौं । एक करोड ५८ लाख ६० हजार रुपैयाँ। यो कुनै विकास बजेट होइन। काठमाडौं महानगरपालिका कार्यालयको वार्षिक बैठक भत्ता हो।

महानगरले निर्धारितभन्दा निकै बढी भत्ता बाँड्ने गरेको छ। वर्षभरि कार्यालय खुलेको दिन हिसाब गर्दा बैठक भत्ता दैनिक ५५ हजार आठ रुपैयाँ हुन आउँछ। ३२ वडाका १५६ जवनप्रतिनिधिले प्रतिबैठक एक हजार दुई सय ३० रुपैयाँ लिएका हुन्। जबकि महानगरको वार्षिक प्रशासनिक बजेट व्यवस्थामा प्रतिबैठक एक हजार रुपैयाँ मात्र लिन पाइन्छ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यले प्रमुखको अध्यक्षतामा बसे प्रतिबैठक दुई हजार पाँच सय र उपप्रमुख र कार्यकारी अधिकृतको अध्यक्षतामा बसे दुई हजारका दरले पाइने बताए।

वडा तहमा मासिक तीनवटासम्म बैठकको भत्ता लिन पाइन्छ तर, उनीहरूले कतिवटा बैठक बसे र कति–कति भत्ता बुझे, महानगरसँग कुनै अभिलेख छैन। बैठक भत्ता मात्र होइन खाजा र यातायातमा पनि महानगरको खर्च अचाक्ली छ। यी तीन शीर्षकमा अघिल्लो आर्थिक वर्ष २०७४ ७५ को विवरण माग्दा सुरुमा सूचना अधिकारी आचार्यले आलटाल गरेका थिए। यो खबर आजको कान्तिपुर दैनिकमा छ।