१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कौडिको भाउमा पनि बिकेन एनसीसी बैंक लिमिटेडको सेयर



अ+ अ-

काठमाडौं । कुनै बेला घण्टौ लाइन लागेर सेयर बजारमा आबेदन दिन अत्याधिक चाप देखिने जलविद्युतमा अहिले सेयर भर्ने सर्वसाधारणहरुको संख्या कम भएको छ । जलबिधुतमा जस्तै ”क” बर्गको बैंकले कौडिको भाउमा सेयर भर्न आबेदन खुल्ला गरेपनि सर्वसाधारणले खासै चासो नदेखाएका हुन् ।

गत महिना ‘क’ वर्गको एनसीसी बैंक लिमिटेडले जारी गरेको हकप्रद सेयरमा समेत लगानीकर्ताहरुले पर्याप्त आवेदन नआएकाले बैंक तथा बितिय संस्थामा लागानिकर्ताको चाप क्रमश घट्दै गएको अनुमान लगाउन सकिन्छ ।

संस्थापक समूहतर्फको ६५ लाख १६ हजार ७९५ र सर्वसाधारण समूहतर्फको १३ लाख ९४ हजार १९८ गरी कुल ७९ लाख १० हजार ९ सय ९३ कित्ता हकप्रद सेयर बिक्री नभए पछि बैंकले लिलामी गर्ने भएको हो ।

लगानीकर्ताहरुले माग गरिएको न्यून आवेदन पनि नदिए पछि बैंकले लिलामीको माध्यमबाट सेयर बिक्री गर्ने लागेको हो । सोमबार सेयर बजारमा २ सय २१ रुपैयाँमा कारोबार भइरहेको यो बैंकको सेयरलाई अब न्युनतम १ सय रुपैयाँ कबोल गरेर लिलामीमा सहभागी हुन पाइने भएको छ । लिलामीका लागि आगामी ११ गतेदेखि २० गतेको समय तोकिएको छ ।