४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महासमिति बैठकमा माइक खोसाखोस, केसीले देउवालाई प्रहार गर्न खोजे, डा.महतले रोके



अ+ अ-


काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा मंगलबार बिहान माईक खोसाखोस भएको छ । जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक बस्न नदिने भनेपछि तनावकाे अवस्था सृजना भएको हो ।

जिल्ला सभापतिहरुको मागका बारेमा सभापति शेरबहादुर देउवाले अस्विकार नगरेकाे सहभागीहरूकाे भनाइ छ । जिल्ला सभापतिहरु मञ्चमा नै उक्लिएर होहल्ला सहित हाताहात गर्ने स्थितिमा पुगेका थिए। सभापति देउवालाई जिल्ला सभापतिहरुले विधान खोई भनी प्रश्न गर्दै होहल्ला सुरु गरेका थिए । सभापति देउवाले कार्यक्रम गर्दै गर्नु, बोल्ने क्रम जारी राख्नु विधान बन्दै गर्छ भनेका थिए । तर पनि उनको कुराको बेवास्ता गर्दै बोल्नेक्रममा रहेका नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले भने पार्टी सभापति देउवाप्रति लक्षित गरेर आक्रोस पोखेका थिए । त्यस क्रममा उनले माइक नै आक्रमणको तम्तयारी गरेको टाढैबाट हेर्दा बुझिन्थ्यो ।

बैठकमा सभापतिहरुका तर्फबाट बोल्ने क्रममा नुवाकोटका पार्टी सभापति जगदिश्वरनर सिंह केसीले चार दिनसम्म पनि विधान नआएको भन्दै पार्टी सभपतिप्रति लक्षित गरेर माइक प्रहार गर्न खोजेका थिए । त्यसपछि सहमहामन्त्री डा.प्रकाशशरण महतले सभापतिमाथि लक्षित सो माइक राेकेका थिए । डा.महत उक्त माइक रोक्नका लागि मञ्चमै पुगेकोले सभापति केसीले आफ्नो माइक डा.महतले खोसेको भनी आरोप लगाएका छन् । त्यसपछि उनले त्यहाँ उपस्थित प्रतिनिधिहरुलाई पनि आफ्नो माइक खोसिएको भनी प्रचार गरेका थिए । तर डा.महतले भने साे माइक सभापतिप्रति लिक्षित रहेकाेले खाेसेकाे प्रत्यक्षदशीले सभाहलबाट जनाएका छन् ।

जिल्ला सभापतिहरुले होहल्ला गर्न थालेपछि देउवाले हतार हतार बैठक स्थगित भएको घोषण गरेका थिए । अहिले सभापति देउवासहितका नेताहरु कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भेला भएर विधान मस्यौदा माथि छलफल गरिरहेका छन्।