१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गली हात्तीको आतङ्कले सर्लाही ईश्वरपुरवासी प्रभावित



अ+ अ-


सर्लाही  ।जङ्गली हात्ती बस्तीमा पसेर आतङ्क मच्चाएपछि सर्लाही ईश्वरपुर नगरपालिकाका– १३ र १४ नं वडाका स्थानीयवासी त्रसित भएका छन् । पछिल्लो समयमा बस्तीको छेउमै रहेको सागरनाथ जङ्गल हुँदै रातिको समयमा आएको तीन हात्तीले बस्तीमा पसेर घर टहरा तथा धनमालमा क्षति पुर्याउँदै बालीसमेत खाएर सखाप पारेपछि स्थानीयवासी त्रसित भएका छन् ।

जङ्गली हात्तीले नगरपालिकाको हरकटवा तथा श्रीनगर क्षेत्रमा गरी २५ घरमा प्रत्यक्ष रुपमा क्षति पारेको छ । स्थानीयवासी त्रसित भई जीवनयापन गर्न बाध्य भएका छन् । स्थानीयवासी जीतन महतोले दिएको जानकारी अनुसार हात्तीको त्रासले रातिमा सुत्न नपाएपछि दिउँसो कामकाज छोडेर सुत्ने गरेको बताउनुभयो । महिला तथा छिमेकीको घरमा राखेर आफूहरु रातभरि नै जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी हीराबहादुर आलेले बताउनुभयो ।

रासस