१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विद्यार्थी संघ अछामको संगठन विस्तार



अ+ अ-


अछाम । नेपाल विद्यार्थी संघ अछामको संगठन विस्तार अभियान सम्पन्न भएको छ । साफेबगर नगरपालिका वडा नं (१२) को तुका मावि खप्तडमा भएको बैठकबाट मुकेश विकको अध्यक्षतामा २१ सदस्यीय नेविसंघको इकाई गठन भएको छ।

उपाध्यक्ष रविना कडायत ,इन्द्रा कडायत, सचिव विकाश कडायत, सहसचिव तारा रावल र कोषाध्यक्ष विनिता कडायत लगायत २१ सदस्यीय समिती चयन गरेको हो । साफेबगर नगरपालिका संयोजक एवं श्रीकोट क्याम्पस का स्ववियु सभापति भीम कुवरको अध्यक्षतामा भएको इकाई गठन कार्यक्रममा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेविसंघका जिल्ला अध्यक्ष नृप साउद रहेका थिए भने उक्त कार्यक्रम संचालन नेविसंघ क्षेत्रिय उपाध्यक्ष पदम सुवेदीले गरेका थिए ।