२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडी र दार्चुलामा मोबाइल सेवा अवरुद्ध



अ+ अ-

बैतडी । गए रातिदेखि बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध भएको छ । टेलिकमले प्रदान गर्दै आएको नमस्ते जीएसएम मोबाइलको पोष्टपेड र प्रिपेड सेवा सोमबार रातिदेखि अवरुद्ध भएको हो ।

कञ्चनपुरस्थित देखतभुलीमा रहेको टेलिकम टावरको बिटीएस डाउन भएकाले सेवा अवरुद्ध भएको टेलिकम बैतडीका प्रमुख सुरत खड्काले जानकारी दिनुभयो । कञ्चनपुरको लालपुरस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा सुरक्षागार्डका रूपमा कार्यरत भीमदत्त नगरपालिका–१९ बागफाँटाका चन्द्रदेव भट्टको स्टेशनमै करेन्ट लागेर मृत्युको विषयमा विवाद हुँदा आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएकाले टावरको बिटीएस चार्ज हुननसकेको उहाँले बताउनुभयो ।

चार्जका लागि वैकल्पिक उपाय खोजी भइरहेकाले अवरुद्ध टेलिकम सेवाको समस्या केही समयपछि समाधान हुने बताइएको छ । मोबाइल सेवा अवरुद्ध हुँदा बैतडी र दार्चुलाका हजारौँ ग्राहकलाई समस्या हुनुका साथै सञ्चारविहीन भएका छन् । रासस