१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्याधिक चिसोले जनजीवन प्रभावित



अ+ अ-


लहान ।  दुई दिनदेखि अचानक परिर्बतन भएको मैसमले गर्दा चिसो बढेपछि भएको छ । अत्याधिक बढेको चिसो र शितलहरका कारण सिरहा जिल्लाको अस्पतालमा बिरामीको चाप बढेको छ ।

बाक्लो हुस्सु र चिसो हावाले रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेकाले अस्पतालमा बिरामीको चाप बढेको हो ।

बालकबालिका देखि वृद्धवृद्धासम्मका रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनिया लगायतको प्रकोपबाट पीडित भएका छन् । पछिल्ला दुई दिनयता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निकै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या ह्वात्तै घटेको छ ।