१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडले जोसे मोउरिन्होलाई बर्खास्त गर्याे



अ+ अ-

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको छ । युनाइटेडले यो सिजन ईतिहास के खराब प्रर्दशन गरेपछि बोर्डले मोउरिन्होको हटाउने निर्णय गरेको हो ।

साढे दुई वर्ष कल्ब सम्हालेका मोउरिन्होलाई क्लबले सोमबार प्रेस विज्ञप्ति निकाल्दै बर्खास्त गरेको जनाएको हो । युनाइटेडको प्रिमियर लिगको इतिहासमा पछिल्लो २८ वर्षमा सबैभन्दा खराव नतिजा भनेको मोउरिन्होले क्लब सम्हालेपछि देखिएको थियो ।
उनलाई खेलाडी अनुबन्धका लागि टिमसँग राम्रोसँग सल्लाह नगरिको आफुखुशि कल्ब चलाएको आरोप पनि क्लबले लगाएको छ ।

मोउरिन्हो युरोपियन क्लबका सफल प्रशिक्षक मानिने भए पनि पछिल्लो पटक उनको सफलता भन्दा असफलता हात लागेपछि आलाचेचना खाप्दै आएका थिए । सन्काहा प्रवृतिका मानिएका मोउरिन्होले युनाइटेडमा आएर लिग कप, युरोपा लिगको उपाधि दिलाएका पनि प्रिमियर लिगमा निकै खराब प्रदर्शन गरेको उसले आइतबार लिभरपुलविरुद्ध तीन–एकको हार ब्यहोरेको थियो ।

हारका कारण लिगमा टिम १९ अंकका साथ छैटौ स्थानमा रहेको छ । क्लब च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेका कारण मोउरिन्होले २२ दशमलव ५ मिलियन पाउण्ड रकम पाउने भएका छन् ।

युनाइटेडको प्रशिक्षकका लागि रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान र माउरिसीयो पोचिटिनोको नाम चर्चामा रहेको छ ।