१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम खेती सङ्कटमा



अ+ अ-

बनेपा । वि.सं २०७२ को भूकम्पले क्षति पुर्याएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा रहेको रेशम विकास केन्द्रको भवन बस्नै नसकिने गरी जीर्ण भएपछि रेशम खेती सङ्कटमा परेको छ ।

भूकम्पले क्षति पु¥याएपछि केन्द्रको मुख्य कार्यालयको भवनबाहेक अरु सबै बस्न नमिल्ने गरी जीर्ण बनेको कार्यालयका प्रमुख चूडामणि भट्टराईले बताउनुभयो । भवन जीर्ण बन्दै गएपछि किसानलाई आवश्यक पर्ने रेशमको फूल उत्पादन गरेर वितरण गर्ने र संरक्षण गर्ने काममा समस्या भएको छ । अहिले कोरिया र जापानबाट ल्याएका विभिन्न जातका रेशम कीरालाई संरक्षण गर्ने र फूल उत्पादन गर्ने एकमात्र केन्द्र भवन अभावका कारण सङ्कटमा पर्दै गएको छ ।

भूकम्पले चिरा पारेको भवनमा नै कर्मचारी बस्ने र कीरा संरक्षण, भण्डारण र अण्डा उत्पादन गर्दै आइरहेको कर्मचारी बताउँछन् । इञ्जिनीयरमार्फत लागत अनुमान तयार गरी सम्बन्धित निकायलाई पेश गरेको तर एकैचोटि सबै भवन बनाउने नसकिने र आउने आर्थिक वर्षमा क्रमशः एक दुई वटा गरी सुधार हुने सङ्केत मात्रै आएको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो ।

शुरुमा सो केन्द्रको काम कोकन (रेशम कीराले किम्बु खाएर बनेको डल्लो) खरीद गर्ने र अरु विभिन्न फार्मका कोकन पनि त्यहीँ आउने भएकाले धागो कातेर विक्री गर्ने भन्ने थियो तर पछि व्यवसाय गर्ने किसानले आफैँ धागो कात्न थालेपछि अहिले केन्द्रले धागो कात्न बन्द गरेको उहाँले बताउनुभयो । धागो कात्ने काम बन्द भएपछि धागो प्रशोधन एकाइ भवन पनि बन्द छ ।

यो केन्द्र मुलुकको सङ्घीय संरचनाअन्तर्गत राष्ट्रिय फार्मको रूपमा चिनिन्छ । रेशम खेती गर्न २०३२ सालमा स्थापना गरिएको केन्द्र नेपालमा रहेका विभिन्न नौ वटा फार्म केन्द्र र रेशम खेतीमा संलग्न केन्द्रको पनि केन्द्र हो । फार्ममा चार हजार किसानलाई लक्षित गरेर कार्यक्रम सञ्चालन हुँदै आएको छ । विदेशबाट आयात गरिएका रेशम कीराका विभिन्न ३५ जातलाई जातीय संरक्षण गर्ने र उपयोग गर्ने हिसाबले केन्द्रले काम गरिरहेको छ ।

तापक्रम अनुकूलको सहन सक्ने र खेती गर्न सुहाउँदो स्थानमा उपयुक्त जातको कीरालाई क्रसिङ गरेर फूल उत्पादन गर्ने र वितरण गर्ने कामसमेत सो केन्द्रले गर्दै आएको छ । किसानको माग र आपूर्तिको आधारमा कार्ययोजना बनाई बजेट तर्जुमा गरिने कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो । “मागकै आधारमा यो वर्ष दश हजार बाकस अण्डा उत्पादन गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “त्यसमध्ये तीन हजार जति फार्महरूले लाने र बाँकी अण्डा किसानलाई सोझै विरतण गर्ने योजनामा छौँ ।”

करीब १२६ रोपनी जग्गा रहेको केन्द्रको करीब १०० रोपनी जग्गामा किम्बुको बगैँचा लगाइएको छ । ती किम्बु बगैँचा व्यवस्थापन गर्ने, काँटछाँट गर्ने, मलखाद दिने, सिँचाइ गर्ने र गोडमेल गर्ने काम नियमितरूपमा हुँदै आएको छ ।

केन्द्रले रेशम कीरा पाल्ने र त्यसका लागि जनशक्तिसमेत व्यवस्थापन गर्ने काम गर्दै आइरहेको छ । कृषकस्तरको र अधिकृतस्तरको रेशम कीरापालनसम्बन्धी सात दिने, १५ दिने ३५ दिने तालीम समेत सञ्चालन गरिन्छ । वर्षमा दुई/तीन वटा तालीम सञ्चालन भइरहेको भट्टराईको भनाइ छ । रासस