१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने



अ+ अ-

चितवन । यही पुस २५ गतेदेखि शुरु हुने चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने भएको छ । नारायणी नदी किनारमा आगामी माघ ४ गतेसम्म हुन लागेको महोत्सव नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकीय गतिविधि केन्द्रित हुन लागेको हो ।

उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गर्ने सो महोत्सवमा कृत्रिम चिडियाखाना, पर्यटन सम्बन्धित राष्ट्रियस्तरका गोष्ठी, पर्यटक प्याकेज, जलविहार, डुङ्गा दौड जस्ता गतिविधि गरिने छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानका अनुसार यहाँ पाइने १० र नेपालमा नपाइने १० जनावर र चरा चुरुङ्गीको चलायमान र आवाज निकाल्ने गरी मूर्ति बनाउन लगाइएको छ ।

नेपालका बाघ, गैंँडा, हात्ती, भालु जस्ता जनावर र यहाँ नपाइने कङ्गारु, जेब्रा, डाइनोसर जस्ता जनावरका प्रतिकात्मक मूर्ति चिडियाखानामा हुनेछन् । महोत्सवको अवधिभर स्वदेशी विदेशी विज्ञको सहभागितामा राष्ट्रियस्तरका गोष्ठी र छलफल चलाइने छ ।

चितवनका पर्यटकीय स्थलमा सस्तो र सुलभ प्याकेज निर्माण गरी पर्यटकलाई घुमाउने, खुवाउने र बसाउने कार्यक्रम रहेको छ । नारायणी नदीमा मोटरबोट, ¥याफटिङ र डुङ्गामार्फत जलविहार गराइँदैछ । बोटे जातिको पेशा संरक्षण गर्दै उनीहरूबीच डुङ्गा दौडसमेत गर्न लागिएको प्रधानले बताउनुभयो ।

हेलिकप्टरबाट दृश्यावलोकन समेत गराइने छ । महोत्सव परिसरमा निर्माण गरिने मनोरञ्जन उद्यानले दर्शकलाई आकर्षण दिनेछ । यहांँका १०० वटा पर्यटकीय गन्तव्यलाई छनोट गरी पर्यटक गाइड बुक तथा ब्रोसरसमेत तयार गरिएको छ । हरेक दुईरदुई वर्षमा उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गर्दै आएको १२औंँ यस महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

महोत्सवमा पाँच सय भन्दा बढी कक्ष रहने छन् । यस वर्ष महोत्सवमा ‘मेड इन नेपाल’ भन्ने छुट्टै कक्ष परिसर बनाइदै छ परिसरमा उत्पादित वस्तुको २० कक्ष रहने उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुमनारायण श्रेष्ठले बताउनुभयो । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुनुले यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने र सरकारको नेपाल भ्रमण वर्ष सन् २०२० को लक्ष्य पूरा गर्न सहयोगी हुने बताउनुभयो । रासस