१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष राणाको टिप्पणी, ‘गणतन्त्रकी राष्ट्रपति राजाभन्दा महँगी’



अ+ अ-

‘ओली ‘होली–वाईन’ पिउन र नक्कली क्रिश्चियनहरुको काखमा सुत्न जानुभयो’

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलाशीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको टिप्पणी गर्नुभएको छ ।

सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उहाँले भन्नुभयो, ‘गणतन्त्रकी राष्ट्रपति किन महंगी बन्दै हुनुहुन्छ ? करोडौंका गाडी चाहिने ? अर्बौको हेलिकप्टर खरिद गर्नुपर्ने ? अहिलेको विशाल शितलनिवास राष्ट्रपतिज्यूलाई सानो भयो अरे ? प्रहरी तालिम केन्द्र पनि उहाँलाई नै चाहिने भयो भन्ने सुनिँदैछ, यो कस्तो विलाशी हो ?’

राणाले भन्नुभयो, ‘राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न पाइएका छन्, राष्ट्रपतिलाई सुविधा नै सुविधा चाहिने, अनि दशैंमा जनतालाई घुँडा टेकाउने ? यस्तो राष्ट्रपतीय प्रणालीले के गर्न खोज्दैछ ? अब शंका जन्मिँदैछ ।’

अध्यक्ष राणाले दुई तिहाई बहुमतको वर्तमान सरकारले सिन्कोसमेत भाँच्न नसकेको आरोप लगाउँदै २०४७ सालपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको सबैभन्दा शक्तिशाली वर्तमान सरकारले काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

‘नेपाललाई हिन्दुराज्य कायम गर्नुको विकल्प छैन’

राणाले नेपाललाई हिन्दुराज्य कायम गर्नुको विकल्प नभएको पनि बताउनुभयो । उहाँले नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दुराज्यको बारेमा बहस हुनुले सकारात्मक सन्देश प्रवाह गरेको भन्दै प्रजातन्त्रवादीहरु अब एक ठाउँमा उभिनुपर्ने समय आएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेसले मुलुकको राष्ट्रियता, धर्म, संस्कृति र पहिचानको बारेमा चिन्ता गरेको देखिन्छ, तर मुलुकलाई हिन्दुराज्य बनाउनेमा कांग्रेस उभिन्छ या उभिँदैन त्यो उसको कुरा हो, म त भन्छु प्रजातन्त्रवादीहरु एक ठाउँमा उभिनुपर्छ, देशलाई जोगाउनुपर्छ, सन्तुलित परराष्ट्र नीति बनाएर देश चलाउनुपर्छ ।’

अध्यक्ष राणाले वर्तमान सरकार ‘होली–वाईन’ खान र नक्कली क्रिश्चियनहरुको काखमा सुत्न गएको पनि आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘दुई तिहाई बहुमतका प्रधानमन्त्री केपी ओली तीन दिनसम्म नक्कली क्रिश्चियनहरुको काखमा सुत्नुभयो, योभन्दा लाजमर्दो अर्को कुरा के हुन सक्छ ? योभन्दा धार्मिक रुपमा हामीमाथि अर्को खतरा के हुन सक्छ ?’