५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । उनि हाल वन तथा वातावरण मन्त्रालयको सहसचिव रहेका छन् ।

अख्तियारकाअनुसार २८ माघ २०३८ मा सार्वजनिक पद धारण गरेको उनले २ करोड १० लाअ ७७ हजार ४ रुपैयाँ १६ पैसा आय आर्जन गरेको देखिएको छ । तर, उनी र उनको परिवारको चल अचल सम्पत्ति, सवारी खरिद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैङ्क मौज्दात लगायतका शीर्षकमा ३ करोड ४४ लाख ७७ हजार ५८० रुपैयाँ ९२ पैसा खर्च गरेको भेटिएको छ ।

एक करोड ३४ लाख ५७६ रुपैयाँ ७६ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ । श्रेष्ठले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठीकी भगवती योगीको नाममा राखेको देखिएको भन्दै अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएको छ ।