५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्याकाण्डः डीएनए परीक्षण गर्न आमाले दिइन् रगतको नमूना



अ+ अ-

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले डीएनए परीक्षणकालागि रगत दिएकी छन्।

हत्यापछि भेटिएकी निर्मलाको शवबाट निकालिएको भनिएको ‘भजाइनल स्वाब’को वैधानिकता जाँच्न गर्न उनकी आमाको डीएनए टेष्ट गरिन लागिएको हो।

यसका लागि आमा दुर्गादेवीले महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको नमुना दिएकी छन्। कञ्चनपुर प्रहरीका अनुसार रगतको नमुना परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ।

अब दुर्गादेवीको रगतबाट निकालिने डीएनएसँग निर्मलाको स्वाबको डीएनए प्रोफाइललाई भिडाएर वैधानिकता जाँचिनेछ।

१० साउनमा साथी रोशनी बम कहाँ पढ्न गएकी निर्मलाको शव भोलिपल्ट विहान बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो। घटनामा संलग्न अहिलेसम्म पक्राउ गरेका छैनन्।

थुप्रै शंकास्पद ब्यक्तिहरुको डीएनए टेस्ट गरेपनि नमिलेपछि निर्मलाको शवबाट निकालिएको भनिएको ‘भजाइनल स्वाब’को वैधानिकतामा प्रश्न उठेको छ।

१० साउनमा साथी रोशनी बम कहाँ पढ्न गएकी निर्मलाको शव भोलिपल्ट विहान बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो ।