१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिल्यै नहार्ने डा. केसीले सरकारलाई हराउन सुरु गरे १६ औं अनसन



अ+ अ-

काठमाडौं । आफूसँग भएको सहमति बिपरीत चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेको भन्दै डा. गोविन्द केसी आमरण अनसनमा बसेका छन् ।

इलाममा बुधबार पत्रकार सम्मेलन गरी उनले माफियामुखी बुँदाहरु समेटेर संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक संसदमा पठाएकाले बुधबार ५ बजेदेखि १६ औं अनसन सुरु गरेको बताएका छन् ।

बुधबार बिहानै अनसन बस्ने भनेपछि संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्णय पर्खिएका थिए ।

एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने प्रावधान प्रतिवेदनमा छ । तर, सम्बन्धन लिइसकेका र मानसाय पत्र लिई मापदण्ड पुरा गरेका उपत्यका बाहिरको शिक्षण संस्थाको हकमा लागू हुने नहुने भएको पनि सो प्रतिवेदनमा छ । उपत्यका बाहिरको हकमा आयोगले निर्णय गर्ने र त्यसमा ऐनको कुनै पनि कुराले बाधा नगर्ने उल्लेख छ ।


डा.केसीसँग भएको सहमति र माथेमा आयोगको सिफारिस विपरित समितिको यो निर्णय भएको छ । माथेमा आयोगले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नहुने सिफारिस गरेको थियो । सोही आधारमा सरकार र डा. केसीबीच पनि त्यही सहमति भएको थियो ।

केसी इलामको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसन बसेका छन् ।