१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्र मन्त्री र भारतीय समकक्षी स्वराजबीच नयाँ दिल्लीमा भेट, भेटमा के-के भयो ?



अ+ अ-

काठमाडौँ । भारत भ्रमणमा गएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र समकक्षी सुष्मा स्वराजबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार दिउँसो २ बजेदेखि भेटघाटमा व्यस्त रहेका हुन् ।
भेटवार्तामा के के कुरा भयो भन्ने कुरा नेपाली भ्रमण टोलिबाट बाहिर आएको छैन। नयाँ दिल्लीमा भइरहेको राइसेना डायलगमा भाग लिन मन्त्री ज्ञवाली बिहीबार बिहान भारत गएका हुन्।

भारतको विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउन्डेसनले यो डायलग आयोजना गरेको हो। बिहीबार नै मन्त्री ज्ञवालीले उक्त बैठकलाई सम्बोधन गर्नेछन्।

मन्त्री ज्ञवाली शुक्रबार स्वेदश फर्कने कार्यक्रम रहेको छ।