१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहर सुन्दर बनाउँदै कामपा



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन गर्दै शहर सुन्दर बनाउने कार्यमा लागेको छ ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अघिल्लो मङ्सिरबाटै उक्त कार्य शुरु गरेको भए पनि अहिले बढी महत्वका साथ काम भइरहेको छ । “अव्यवस्थितरूपमा विभिन्न निकायले राखेका तारले शहरको सौन्दर्य बिगारेको छ, त्यसैले ती सबै तार हटाउँदै सम्बद्ध निकायलाई आगामी दिनमा जथाभावी तार नराख्न आग्रहसमेत गरिएको छ”, प्रवक्ता डङ्गोलले भन्नुभयो ।

उहाँका अनुसार विभिन्न निकायले यत्रतत्र तार छरेर शहरलाई कुरूप बनाएका थिए, अब ती सबै हटाइन्छ र व्यवस्थितरूपमा टाँगिएको तार मात्र राखिने गरी काम अघि बढिरहेको छ । पुतलीसडक, प्रदर्शनीमार्ग, लौनचौर, सोल्टी होटल जाने बाटो, राष्ट्रपति कार्यालय वरपरका स्थानका तार व्यवस्थापनको काम पहिलो चरणमा भइसकेको छ । ।

अहिलेसम्ममा मिनी टाटाको ७० टिप तार जम्मा भइसकेको छ । सङ्कलित तारमा सबैभन्दा बढी इन्टरनेट केबल सेवा प्रदायकका तार र टेलिफोनका छन् । सङ्कलन भएका तारलाई टेकुमा लगेर राखिएको छ ।

सुरक्षाको दृष्टिले जोखिम बनेका, भुइँमा लतारिएका, प्रयोग नगरिएका तारले थप समस्या निम्त्याउने भएकाले तिनको व्यवस्थापन गर्नु अत्यावश्यक भएको र शहर सुन्दर देखाउन व्यवस्थापनको काम गरिएको हो ।

साथै सडकको बीचमा रहेको खम्बा र आसपासमा भएका जीर्ण रुखका हाँगा हटाउने काममा पनि कामपाको ध्यान जान थालेको छ । यस किसिमको समस्या विशषेगरी म्हेपी क्षेत्रको सडकमा रहेको छ । वडा नं १६, १७ लगायतका स्थानमा उक्त काम भइरहेको छ भने अन्य वडामा पनि वडाध्यक्षहरूले उक्त काम गरिरहेका छन् ।