२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन पिपासु रोनाल्डोविरुद्ध वारेन्ट जारी



अ+ अ-

काठमाडौं । पोर्चुगलका कप्तान तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लस भेगास प्रहरीले डीएनए नमूना मागेको छ । उनलाई भेगास प्रहरीले डीएनएका लागि वारेन्ट जारी गरेको संचार माध्यमहरुले जनाएको छ ।

एक अमेरिकी महिलाको बलात्कार आरोपबारे छानबिन गरिरहेको प्रहरीले थप अनुसन्धानको लागि डीएनएको नमूना माग गरेको हो । ३३ वर्षका रोनाल्डोका वकिल पिटर एस क्रिष्टएनसनले प्रहरीले गरेको माग अति उत्कृष्ट रहेको बताएका बीबीसीमा उल्लेख छ ।

अमेरिकी एक पूर्वमोडल क्याथरिन मायोर्गाले सन् २००९ मा आफूमाथि बलात्कार भएको भन्दै रोनाल्डोमाथि उजुरी दिएकी थिइन् । तर रोनाल्डोले भने सबै आरोप झूटो भन्दै खण्डन गर्दै आइरहेका छन् ।