१४ भाद्र २०८३, आईतवार
,
Latest
भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा सामान्य सुधार



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४८.७४ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर रु २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरीद बिक्री भयो ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्यो भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ ।

उत्पादन ३१.६ र जीवन बीमा २७.३१ विन्दुले घट्दा बैंकिङ १.४९, व्यापार २.८७, होटल ०.२१, विकास बैंक ६.८६, जलविद्युत् ३१.४८, वित्त ०.७९, निर्जीवन बीमा ५८.०६,अन्य ३.३९ र लघुवित्त १२.९९ विन्दुले बढेका छन् । स्टकका अनुसार आज सानिमा इक्वीटी फण्ड, आँखु खोला जलविद्युत् कम्पनी, माथिल्लो तामाकोशी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।

यस्तै जोशी हाइड्रो पावर, गुर्खाज फाइनान्स, पञ्चकन्या माइहाइड्रो पावर, तिनाउ डेभलपमेन्ट बैंक, यूनिलिभर नेपालका शेयरधनीले आज गुमाएका छन् ।