२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस दिन खोज्ने तीन पक्राउ



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, नेपालगंज बाँकेमा कार्यरत खरिदारलाई पक्राउ गरेको छ । नेपालगंजबाट खटिई गएको टोलीले खरिदार संजय कुमार ठाकुरलाई पक्राउ गरेको हो ।

ठाकुरले जग्गा रजिष्ट्रेसन पास गर्दा लाग्ने कर राजश्व छुट गरिदिने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी पक्राउ परेका हुन् ।

ठाकुरले सेवाग्राहीसँग रू.५०,००० घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिईएको आयोगका सहसचिव रामेश्वर दंगालले जानकारी दिए।

ठाकुर माथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

त्यस्तै, जिल्ला मकवानपुर हेटौंडा उप महानगरपालिका –४ बस्ने बर्ष ३० को अब्दुल्ला देवान र जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.१२ बस्ने बर्ष ३७ को नवराज थापा पनि पक्राउ गरेको छ ।

उनिहरुले आफ्नो चौपाया व्यवसायको काम सहज गरिदिने प्रयोजनको लागि भनी ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरीलाई घुस दिदै गर्दा पक्राउ परेका हुन् ।

उनिहरुले आफ्नो कामको लागि रू.५०,००० घुस बापतको रकम दिएका थिए ।

पक्राउ पर्ने सबैलाई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।