१४ भाद्र २०८३, आईतवार
,
Latest
‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस दिन खोज्ने तीन पक्राउ



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, नेपालगंज बाँकेमा कार्यरत खरिदारलाई पक्राउ गरेको छ । नेपालगंजबाट खटिई गएको टोलीले खरिदार संजय कुमार ठाकुरलाई पक्राउ गरेको हो ।

ठाकुरले जग्गा रजिष्ट्रेसन पास गर्दा लाग्ने कर राजश्व छुट गरिदिने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी पक्राउ परेका हुन् ।

ठाकुरले सेवाग्राहीसँग रू.५०,००० घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिईएको आयोगका सहसचिव रामेश्वर दंगालले जानकारी दिए।

ठाकुर माथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

त्यस्तै, जिल्ला मकवानपुर हेटौंडा उप महानगरपालिका –४ बस्ने बर्ष ३० को अब्दुल्ला देवान र जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.१२ बस्ने बर्ष ३७ को नवराज थापा पनि पक्राउ गरेको छ ।

उनिहरुले आफ्नो चौपाया व्यवसायको काम सहज गरिदिने प्रयोजनको लागि भनी ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरीलाई घुस दिदै गर्दा पक्राउ परेका हुन् ।

उनिहरुले आफ्नो कामको लागि रू.५०,००० घुस बापतको रकम दिएका थिए ।

पक्राउ पर्ने सबैलाई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।