२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा चट्याङले ५२ भेडा मरे, डाेटीमा एक घाइते



अ+ अ-

बाजुरा : चट्याङ लागेर आज यहाँ ५२ भेडा मरेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जङ्गलमा चराउन लगिरहेका बेला परेको चट्याङ लागेर एकै दिन ५२ भेडा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ । 

भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । चुथीको जङ्गलमा एकै साथ चरिरहेका १२३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमा नै मरेको प्रमुख भाटको भनाइ छ । 

चट्याङ मङ्गलबार साँझपख परेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण प्रहरी प्रतिवेदनसहित घटना अध्ययन प्रतिवेदन आज मात्र तयार पारिएको उहाँले जानकारी दिनुभयो । साझेदारीमा व्यवसाय सञ्चालन गरेका रोकाया र धामीको चट्याङका कारण करीब पाँच लाखभन्दा बढीको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । लेकाली भेगमा चिसो हुने भएपछि उनीहरुले चरिचरनका लागि भेडा चुथी ल्याएका थिए । ब्याउने सहितका भेडा भएकाले ठूलो मात्रामा नोक्सानी भएको उनीहरुको भनाइ छ । 
त्यस्तै चट्याङकै कारण रेडियो बार्जुको स्टेशनमा पनि ठूलो क्षति भएको छ । रेडियोमा रहेको ट्रान्समिटर, मिक्चर, दुई थान कम्प्युटरसहितका मेशिनरी सामानमा क्षति भएको सञ्चालक समिति अध्यक्ष माया शाहले बताउनुभयो । ट्रान्समिटर नै जलेका कारण रेडियोको प्रसारण सेवा पनि बन्द भएको छ । चट्याङकै कारण त्रिवेणी नगरपालिकामा पनि एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ । 

चट्याङ लागेर घाइते

डोटी : बुधबार चट्याङ लागेर एक जना गम्भीर घाइते भएका छन् । 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीकाअनुसार चट्याङका कारण दीपायल सिलगढी नगरपालिका–८ लडागडा बस्ने २८ वर्षीय टेकबहादुर कुन्जेडा गम्भीर घाइते हुनुभएको हो । घाइते कुन्जेडाको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।