१४ भाद्र २०८३, आईतवार
,
Latest
भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यादव र चाहलको सानदार प्रदर्शन



अ+ अ-

नेपियर । स्पिनरद्वय कुलदीप यादव र युजभेन्द्र चाहलको सानदार प्रदर्शनपछि न्युजिल्यान्डविरुद्धको पहिलो वान–डे खेलमा भ्रमणकारी टोली भारतले ८ विकेटको जित पाएको छ ।

भारतका कप्तान विराट कोहलीका अनुसार उनले ३ सयभन्दा बढी रन बन्ने अनुमान गरेका थिए । तर, उनका बलरहरूले घरेलु टोलीलाई १ सय ५७ रनमै समेटेपछि नतिजा घोषणामा केवल औपचारिकता मात्र बाँकी रह्यो ।

‘टस हारेपछि मैले ३ सयभन्दा बढी रन बन्ने अनुमान गरिसकेको थिएँ । तर बलरहरूले यसरी खेलेर दबाब सिर्जना गरे कि मेरो अनुमान ठ्याक्कै विपरीत भयो,’ कोहलीले थपे, थपे, ‘तपाई सबैलाई थाहा छ कि यो विकेटमा १ सय ५० रनको लक्ष्य पछ्याउनु निकै सहज हुन्छ । यो सबै हाम्रा बलरको प्रदर्शनको उपज हो ।’

यादव र चाहलले स्पिन बलको सानदार नमूना पेश गरे । जसमा न्युजिल्यान्डले ६ महत्त्वपूर्ण विकेट गुमायो । मोहम्मद सामीले पनि ३ विकेट लिए पनि इनिङ्सको १२ ओभर बाँकी छँदै न्युजिल्यान्ड १ सय ५७ रनमा समेटियो ।

लक्ष्य पूरा गर्न २ रन बाँकी छँदा ३० मिनेट खाना समयको पहिलो ओभरमा सूर्यको किरणले खेल असहज भएपछि डकवर्थ लुइस प्रणालीअनुसार भारतलाई विजय घोषणा गरियो । लक्ष्य पूरा गर्न नपाए पनि ओपनर शिखर धवनले अविजित ७५ रन बनाएर आफ्नो काम पूरा गरिसकेका थिए । अर्का ओपनर रोहित शर्मा ११ र कप्तान कोहली ४५ रनमा आउट भएका थिए । अम्बाती रायडु १३ रनमा अविजित रहे ।

पराजित टोली न्युजिल्यान्डका कप्तान केन विलियम्सनले भारतीय हमलाको सामना गर्न नसक्ने आफ्ना खेलाडीलाई दोषी ठहर्‍याए । ‘सामान्यतस् यस विकेटमा ३ सय आसपास रन बनिरहेकै हुन्छ । तर निश्चित रूपमा हामीले त्यसो गर्न सकेनौं हामीले केही प्रयास बढाउनुपर्छ,’ उनले भने ।

न्युजिल्यान्डका लागि विलियम्सनले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनलाई बाँकी कसैले पनि साथ दिएनन् । रस टेलरले २४ रन बनाए । उसका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोहलीलाई आराम
भारतीय क्रिकेट नियन्त्रण बोर्ड ले न्युजिल्यान्डविरुद्धको बाँकी दुई वान–डे खेलमा कप्तान विराट कोहलीलाई आराम दिने जानकारी दिएको छ । यसपछि हुनेट्वान्टी–२० शृंखलामा पनि उनी उपलब्ध हुने छैनन् ।

‘पछिल्ला केही महिनाको लगातारको खेल तथा अस्ट्रेलियाविरुद्धको घरेलु शृंखलालाई समेत मध्यनजर गरी आराम दिनु उपयुक्त हुने निर्णय टिम चयन समितिले गरेको छ,’ बीसीसीआईको विज्ञप्तिमा उल्लेख छ ।

बीसीसीआईले कोहलीको स्थानमा कसैलाई पनिपठाएको छैन । आगामी दुई वान–डे र ट्वान्टी–२०शृंखलाका लागि कप्तानी जिम्मेवारी भने रोहित शर्माले निर्वाह गर्नेछन् ।

आगामी मेमा इंग्ल्यान्ड र वेल्समा हुने वान–डे विश्वकपअघि भारत र अस्ट्रेलियाबीच दुई ट्वान्टी–२० र पाँच वान–डे शृंखला अर्को महिना सुरु हुँदै छ ।
एएफपी