२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुने, का‌ँग्रेसलाई संसदीय मर्यादा नभुल्न महराको आग्रह



अ+ अ-

काठमाडौं । सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पारित गर्ने बताएका छन् ।

उलले भोलि बस्ने बैठकमा पनि शान्तिपूर्ण तरिकाले बिधेयक पारित गर्ने कोशिसमा रहेका कारण काँग्रेसका नेताहरुलाई मर्यादाको पालना गरिदिन आग्रह गरेका छन् ।

बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले शुक्रबार बस्ने संसद बैठकमा पनि चिकित्सा शिक्षा विधेयक पारित गर्न पहल गर्ने बताएका हुन् । ‘भोलि पनि शान्तिपूर्ण तरिकाले चिकित्सा शिक्षा विधेयक पास गर्न कोशिस हुन्छ’ उनले भने ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेता विपी र गिरिजा प्रसाद कोईरालाको नाममा खुलेका अस्पताल केन्द्र सरकार मातहत नराखेको विरोधमा संसद अवरुद्ध गर्दै आएको बेला सभामुखले भनि संसद सुचारु गर्न आह्वान गरेका हुन् ।

सभामुख महराले अस्पतालको विषय र चिकित्सा शास्त्र विधेयकको विषय अलग अलग भएकाले का‌ँग्रेसले संसद अवरुद्ध गर्न आवश्यक नभएको बताए ।

महराले लामो समयदेखि सबै नेताहरु सांसदिय प्रणलीप्रति जानेबुझेका हुनाले संसद चल्न नदिनुको कुनै तुक नरहेको बताएका हुन् । उनले पारित गर्नुपर्ने कुरा समयमा नै पारित गर्दा सबैको राम्रो हुने बताएका हुन् ।

सरकारले चिकित्सा शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने भनिरहेको भन्दै महराले सत्तापक्ष र प्रतिपक्षबीचको छलफलबाट सहमति खोज्ने बताए । ‘सत्तापक्ष जसरी पनि गर्नुपर्छ भन्नेमा छ, प्रतिपक्ष जसरी पनि रोक्न खोज्छ, यसमा मैले मिलाउन खोज्ने हो’ सभामुख महराले भने ‘सरकारले छिटो गर्नुपर्छ भनेको छ, त्यो त मान्नुपर्छ, केही न केही भोलि निश्कर्ष निस्केला आशावादी छु ।’

मंगलबार बसेको बैठकमा सभामुख महराले गिरिराजमणि पोखरेलाई विधेयक पारित गर्न समय दिएपनि काँग्रेसका नेताहरुले उनलाई रोष्टमै घेराबन्दि गरेका थिए । काँग्रेसका नेताहरुले रोष्टम घेराउ गरेपछि पटक पटक बैठकको समय सारेर सहमति खोज्ने प्रयास गरेपनि महरा असफल भएका थिए ।