२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री थापालाई प्रदेश नम्बर ७ को नाम नै थाह भएन



अ+ अ-

काठमाडौं । गृहमन्त्री गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रदेश नम्बर ७ को नाम नै थाह भएन । गृहमन्त्री थापाले प्रदेशको नामाकरण भएको बारे अझै अनभिज्ञ रहेको पाइएको छ ।

एनसेलका टावरहरुमाथि भएको आक्रमणको सम्बन्धमा आइतबार राज्य व्यवस्था समितिको बैठकमा जानकारी दिने क्रममा गृहमन्त्री थापालाई यसबारे जानकारी नै नरहेको खुलासा भएको हो ।

गृहमन्त्री थापाले विभिन्न प्रदेशमा एनसेलका टावरमाथि भएको आक्रमणमा ‘प्रदेश नम्बर ७’ भन्दै तथ्यांक प्रस्तुत गरेका थिए ।

गृहमन्त्रीले तथ्यांक प्रस्तुत गरे लगत्तै, समितिका सांसदले ‘प्रदेश नम्बर ७ होइन, गृहमन्त्रीज्यू ! सुदुरपश्चिम प्रदेश हो’ भनेर सम्झाएका थिए ।
‘ए हो र ?’ आश्चर्यचकित हुँदै गृहमन्त्रीले भने, ‘सुदूरपश्चिम नाम भइसक्यो ?’

जवाफमा अरु सांसदहरुले ‘हो’ भन्दै गृहमन्त्री थापालाई जानकारी गराएका थिए ।

गृहमन्त्री थापाले त्यसपछि प्रदेश ७ को साटो सुदुरपश्चिम प्रदेश भनेर तथ्यांक पस्तुत गरेका थिए ।

प्रदेश नम्बर ७ को नामाकरण भएर ‘सुदूरपश्चिम’ बनेको महिनौँ भइसकेको छ ।