३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री थापालाई प्रदेश नम्बर ७ को नाम नै थाह भएन



अ+ अ-

काठमाडौं । गृहमन्त्री गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रदेश नम्बर ७ को नाम नै थाह भएन । गृहमन्त्री थापाले प्रदेशको नामाकरण भएको बारे अझै अनभिज्ञ रहेको पाइएको छ ।

एनसेलका टावरहरुमाथि भएको आक्रमणको सम्बन्धमा आइतबार राज्य व्यवस्था समितिको बैठकमा जानकारी दिने क्रममा गृहमन्त्री थापालाई यसबारे जानकारी नै नरहेको खुलासा भएको हो ।

गृहमन्त्री थापाले विभिन्न प्रदेशमा एनसेलका टावरमाथि भएको आक्रमणमा ‘प्रदेश नम्बर ७’ भन्दै तथ्यांक प्रस्तुत गरेका थिए ।

गृहमन्त्रीले तथ्यांक प्रस्तुत गरे लगत्तै, समितिका सांसदले ‘प्रदेश नम्बर ७ होइन, गृहमन्त्रीज्यू ! सुदुरपश्चिम प्रदेश हो’ भनेर सम्झाएका थिए ।
‘ए हो र ?’ आश्चर्यचकित हुँदै गृहमन्त्रीले भने, ‘सुदूरपश्चिम नाम भइसक्यो ?’

जवाफमा अरु सांसदहरुले ‘हो’ भन्दै गृहमन्त्री थापालाई जानकारी गराएका थिए ।

गृहमन्त्री थापाले त्यसपछि प्रदेश ७ को साटो सुदुरपश्चिम प्रदेश भनेर तथ्यांक पस्तुत गरेका थिए ।

प्रदेश नम्बर ७ को नामाकरण भएर ‘सुदूरपश्चिम’ बनेको महिनौँ भइसकेको छ ।