२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउँदै लैजानु पर्छ : प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आज आयोजना गरेको ‘वर्तमान अवस्था र भावी सोच’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई तिहाइ जनसङ्ख्या कृषि व्यवसायमा संलग्न भए पनि त्यसअनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । “हाम्रो देशका लागि यति ठूलो जनसङ्ख्या कृषिमा निर्भर हुनु राम्रो होइन । कृषिमा प्रविधि र यान्त्रिकीकरण प्रयोग गरी जनसङ्ख्याको ठूलो हिस्सालाई अन्यत्रको विकास निर्माणमा उपयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो, “जबर्जस्त रुपमा कृषिमा काम गरेका मानिसलाई विस्थापन गर्ने भनेको होइन तर विकल्प दिएर अन्य काममा यो जनशक्ति उपयोग गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले कृषिमा मात्रात्मक होइन गुणात्मक परिवर्तन हुनुपर्ने औँल्याउँदै भन्नुभयो, “एकै ठाउँमा ठूलो मात्रामा एकै प्रकारकोे बाली लगाउनु र्पछ । यसरी उत्पादित वस्तुको निर्यात गर्न सजिलो हुन्छ ।” उहाँले परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्ने तथा कृषि, भूमिव्यवस्था र सहकारीको समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।