१२ असार २०८३, शुक्रबार
,
Latest
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी अस्पताल ठप्प, बिरामीको बिचल्ली, सरकार मौन



अ+ अ-

काठमाडौं । ४५ वर्षीय धनदेवी बलायर ट्रमा सेन्टरको शय्यामा छटपटाउँदै थिइन् । रुखबाट लडेकी उनको ढाड भाँच्चिएको छ । डाक्टरले भनेका थिए, ‘केही नखानु अपरेसन गर्नुपर्छ ।’ उनी अपरेसन हुनेमा ढुक्क थिइन् । भोकै बसिन् । तर डाक्टर आएनन् ।

‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइरहेको बेला मुलुकका सरकारी अस्पतालमा उल्टो दृश्य देखिन्थ्यो । उपचार पाउन नसकेको भन्दै वीर अस्पतालका निर्देशक डा। केदार सेन्चुरीसमक्ष बिरामीहरु गुनासो गरिरहेका अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।