१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभक्त जनगणतान्त्रिक मोर्चाको अध्यक्ष गौरब



अ+ अ-

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम राष्ट्रिय सम्मेलनले सिपी गजुरेलको नेतृत्वमा ९५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नेकपा (क्रान्तिकारी माओवादी)को वैधानिक मोर्चाको मंगलबार सम्पन्न सम्मेलनले गजुरेललाई फेरि अध्यक्ष चयन गरेको हो। मोर्चाको महासचिव परी थापा बनेका छन्। उपाध्यक्ष, सचिवलगायत अन्य पाँच पदाधिकारी भने नवनिर्वाचित केन्द्रीय समिति बैठकले टुंगो लगाउने छ।

२०७३ सालमा चुनाव उपयोग गर्ने नीति अनुरुप मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले यो मोर्चा बनाएको थियो। यही मोर्चाको नाममा वैद्य माओवादीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा सहभागीता जनाएको थियो। आइतबार वैद्यले उद्घाटन गरेको सम्मेलन मंगलबार सम्पन्न भएको हो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।