१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा ८ महिनामै ५५३ नेपाली कामदारको मृत्यु



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारको लागी विदेश गएका नेपाली कामदारमध्ये यो वर्ष साउनदेखि चैत्र २१ गते सम्म ५ सय ५३ जनाको ज्यान गएको छ । यसमा पुरुषको संख्या अत्यधिक ९५ सय ३६० र महिलाको संख्या १७ रहेको छ ।

विगत ८ महिनाको अवधिमा मलेशिया जाने धेरै ९१ सय ६३० जनाको मृत्युको भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङ्कले देखाएको छ ।

मलेशियामा विरामी भई २९, आत्महत्याबाट २६, सडक दुर्घटनाबाट १५ र कार्यस्थलमा दुर्घटनाबाट २० जनाले जीवन गुमाउनुपरेको छ ।

साउदी अरेवीयामा १ सय ४९ र कतारमा ९९ जना कामदारको मृत्यु भएको छ । साउदीमा सडक दुर्घटनाबाट ४७, प्राकृतिक रुपमा ४१ जना र आत्महत्याबाट १३ जनाको मृत्यु भएको छ ।

कतारमा मृत्यु-प्राकृतिक मृत्युमा २२, आत्महत्याबाट १५, सडक दुर्घटनाबाट १४ र कार्यस्थलमा दुर्घटनाबाट १४ जना जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष (२०७४/२०७५) ८ सय १८ जना कामदारको मुत्यु भएको थियो । गत साल पनि मलेसिया जाने नेपाली कामदारकै सबैभन्दा बढी(२ सय ८९ जना) को मृत्यु भएको थियो ।

खाडीका देशमध्ये मलेशिया, कतार, साउदी अरेबियामा धैरै नेपालीहरु कामका लागी जाने गर्छन् । ती देशमध्ये मलेशिया, कतार, साउदी अरेबियामा कार्यरत धैरै नेपालीको सवारी दुर्घटना, हृदयघात र आत्महत्याका कारण मृत्यु हुने गरेको उक्त बोर्डको तथ्याङ्घले देखाएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।