१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद लिङ्देनलाई मार्न ५० लाख रुपैयाँको सुपारी



अ+ अ-

काठमाडौं । झापा ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्की दिने व्यक्तिको संलग्नता झापाकै नेतासँग रहेको दाबी गरेका छन् । राप्रपाका महामन्त्रीसमेत रहेका लिङ्देनले भने, ‘मलाई धम्की आइरहेका दुई वटा मोबाइल नम्बर मेरै निर्वाचन क्षेत्रका नेतासँग सम्पर्क भएको प्रहरी अनुसन्धानबाट देखाएको छ ।’

सातादेखि अज्ञात व्यक्तिले आफ्नो ज्यान मार्न ५० लाख रुपैयाँको सुपारी लिएको भन्दै फोन गरिरहेको विषय सार्वजनिक भएकाले शुभचिन्तक, आफन्त र सञ्चारमाध्यमलाई स्पष्ट पार्न प्रहरी अनुसन्धानकै क्रममा पत्रकार सम्मेलन गर्नु परेको लिङ्देनले बताए । यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा छ ।