१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपेन्द्र प्राविले लोपोन्मुख मेचे भाषाबाट शिक्षण सुरू गर्ने



अ+ अ-

भद्रपुर । हल्दिवारी ४ जलथल ऐनावारी स्थित दीपेन्द्र प्राविले लोपोन्मुख मेचे भाषाबाट शिक्षण सुरू गर्ने भएको छ । हल्दिवारीकै नमूना विद्यालका रूपमा विकसित हुँदै गएको सो विद्यालयले शैक्षिक वर्ष २०७६ बाट एउटा विषय मेचे भाषामा शिक्षण गर्ने भएको हो ।

लोपोन्मुख मेचे जातिका ९० प्रतिशतभन्दा बढी बालबच्चा अध्ययनरत सो विद्यालमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमममा पढाइ भइरहेकोमा यस वर्ष कक्षा ४ सम्म अंग्रेजी माध्यम पुर्याउने व्यवस्थापन समितिको तयारी छ ।

यसैबीच विद्यालयले वार्षिक परीक्षा फल प्रकाशनको अवसर पारेर अभिभावक अन्तरक्रिया सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेशलाल मेचेको अध्यक्षता तथा गाउँ शिक्षा समितिका संयोजक, हल्दिवारी गाउँ पालिकाका उप्रप्रमुख डम्बरबहादुर गिरीको प्रमुख आतिथ्यमा विद्यालय सुधार तथा आगामी रणनीति तयार गर्ने उद्देश्यले अभिभावकसित अन्तरक्रिया सम्पन्न गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेचेले आफू अध्यक्ष भएपछिको विद्यालय सुधारका कार्यहरू प्रस्तुत गर्दै ६ महिनाको अवधिमा बालमैत्री विद्यालय निर्माणका लागि स्तरीय खेल मैदान, पर्याप्त खेल सामग्री, एसी सहितको बाल कक्षा र श्रव्य दृष्य शिक्षण प्रविधिको विस्तार सहितको प्रगति विवरण प्रस्तुत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले शिक्षामा रहेको विभेद अन्त्य गर्न सामुदायिक विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म निशुल्क स्तरीय शिक्षा दिन ६ करोड ४१ लाख गाउँ सभा मार्फत विनियोजन गरेको जानकारी दिए । उनले हल्दिवारी क्षेत्रमा हुनेखाने र हुँदा खाने बीचको शैक्षिक भिन्नता नरहने वातावरण बनाउने अभियान थालिएको प्रष्ट पारे ।