१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सातादेखि चिकित्सकहरुको हड्ताल, सरकार मौन



अ+ अ-

काठमाडौँ । बिरामीको उपचार नगरी आन्दोलनमा होमिएका सरकारी चिकित्सक बिरुद्ध जनमत बढ्दै गएपछि चिकित्सकहरु अस्पताल परिसरमा बसेर बिरामीको सेवा गर्न थालेका छन् ।

समायोजनका नाममा सरकारले दुर्गम क्षेत्रमा सरुवा गरेपछि सुगममा मात्रै काम गर्न पाउनुपर्ने माग गर्दै सरकारी चिकित्सकहरु आन्दोलनमा होमिएका थिए । सरकारले माग पुरा नगर्ने, सरकारी चिकित्सक आन्दोलनमा नाममा बिरामीलाई बिचल्लीमा पारेको भन्दै सर्वत्र आलोचना हुन थालेपछि आन्दोलनरत चिकित्सकहरुले सादा कागजमा सरकारी चिकित्सक संघ ९गोदान०को छाप लगाएर बिरामीको परीक्षण शुरु गरेको छ ।

सरकारी अस्पतालका चिकित्सक आन्दोलनमा लागेपछि निजी अस्पतालका दलालहरु अहिले नीजि अस्पतालमा बिरामी लैजान चलखेल गर्ने गरेको पाइएको छ ।

वीर अस्पतालकै ट्रमा सेन्टरमा आउने बिरामीलाई पनि अस्पतालको परिसरमा राखेर चेकजाँच गरेजस्तो गर्ने र बिरामीलाई प्राइभेट क्लिनिकमा पठाउन दलालको चलखेल तीव्र भएको छ ।

एक सातादेखि चिकित्सकहरुको हड्तालका कारण आकस्मिक बाहेकका सेवा ठप्प रहेको वीर र ट्रमा सेन्टरमा बिहान सबेरै देखि बिरामीको भिड लाग्ने गरेको छ । सकारी अस्पतालमा बिरामीको भिड बढ्दै गएपछि प्रहरीले हस्तक्षेप गरी बीर अस्पतालको काउन्टर खुलाएको थियो ।

काउन्टर खुले पछि ६ दिनदेखि आन्दोलनरत सरकारी चिकित्सकहरूले सेवा बहिष्कार गदै आएकोमा आन्दोलनको स्वरुप परिर्वतन गरी बिरामीको परीक्षण गर्न शुरु गरेको हो । आन्दोलनका कारण बिरामीहरुले बिषेशज्ञ सेवा भने पाउन सकेका छैनन् । यो खबर नेपाल समाचारपत्रमा छ।