१३ असार २०८३, शनिबार
,
Latest
केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिलेमतोमा अवैध विद्यार्थी लाई वैध बनाइँदै



अ+ अ-

काठमाडौं । पोखरा विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय उल्टाउँदै निजी कलेज सञ्चालकहरू अवैध विद्यार्थीलाई वैध बनाउन लागिपरेका छन् ।

विश्वविद्यालयको गत जेठ १८ गते बसेको प्राज्ञिक परिषद्को बैठकले कक्षा ११ र १२ मा ‘सी’ वा जीपीए २।० ग्रेड ल्याउनेले मात्र व्यवस्थापन, विज्ञान तथा प्रविधि संकायमा भर्ना हुन पाउने निर्णय गरेको थियो । सोहीअनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा आंगिक क्याम्पसहरूमा भर्ना लिइएको थियो ।

तर, सम्बन्धन पाएका देशभरिका ५८ निजी कलेजमध्ये ४२ वटा कलेजले परिषद्लाई लत्याएर ‘सी’ वा जीपीए २।० ग्रेडभन्दा कम ग्रेड ल्याएका ३ सय ९१ जना भर्ना गरेका विद्यार्थीलाई विश्वविद्यालयले दर्ता नगराएपछि चैत १५ गतेबाट हुने भनिएको परीक्षा अझै हुन नसकेको खबर नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।