१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित न्यायाधीशविरुद्ध दुईवटा मात्र उजुरी



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायाधीशमध्ये दुई जनाविरुद्ध व्यक्ति किटान गरी उजुरी दर्ता भएका छन् ।

संसदीय सुनुवाइ समितिले तोकेको समयमा पाँच उजुरी दर्ता भएकोमा दुई उजुरी सैद्धान्तिक विषयमा केन्द्रित छन् । अन्य तीन उजुरी दुई न्यायाधीशविरुद्ध दर्ता भएका छन् ।

उजुरी दर्ता गर्ने समय सोमबार सकिएको छ । सोमबारसम्म प्रस्तावित न्यायाधीश प्रकाश ढुङ्गानाविरुद्ध दुई र हरिप्रसाद फँुयालविरुद्ध एक उजुरी दर्ता भएको छ । सिफारिसप्रति आलोचना गरिएका प्रस्तावित न्यायाधीश मनोजकुमार शर्मा्विरुद्ध कुनै उजुरी परेको छैन ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले प्रस्तावित न्यायाधीशविरुद्ध पाँच उजुरी परेको बताए ।

अर्यालले भने ‘तीन उजुरी व्यक्तिको नाम किटान गरेर दर्ता भएका छन् । अन्य दुई उजुरी सैद्धान्तिक विषयमा केन्द्रित छन् । समितिले मंगलबार उजुरी सार्वजनिक गर्नेछ ।’

समितिले मंगलबार दिउँसो २।०० बजे उजुरी सार्वजनिकका लागि बैठक बोलाएको छ । न्यायाधीशसँगै प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाविरुद्धका उजुरी पनि मङ्गलबार नै खोलिनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।